काठमाडौं । नेपालमा हरेक वर्ष असार १५ मा धान दिवस मनाउँदै आएको छ ।

बुधवार “धान व्यवसायिक धान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार” भन्ने नारासहित यो वर्षको धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ । धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाइँदै आएको छ । नेपालमा हरेक वर्ष करिब ९० अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने गरेको छ । तर कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने स्थिति छ । उन्नत जातको बिउको प्रयोग निकै कम हुनु, समयमा रासायनिक मल उपलब्ध नहुनु, अधिकांश कृषकहरु परम्परागत खेतिमै निर्भर रहनुले पनि धानको उत्पादनमा बृद्धी हुन नसकेको विज्ञहरु बताउँछन् ।

हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको कृषिहरु विज्ञहरूको भनाइ छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक बर्षमा ४ लाख ९० हजार मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । चालु आर्थिक बर्षमा मुख्य बाली धान र मकैको उत्पादनमा आएको कमीले समग्र कृषि उत्पादनमा नकरात्मक प्रभाव पर्न सक्ने मन्त्रालयले जनाएको छ । मनसुनको कमी,नाकाबन्दीबाट उत्पन्न भएको अवरोध, कृषियोग्य जग्गाहरुमा भएको अतिक्रमणको कारण चालु आर्थिक बर्षमा मुलुकको कृषि उत्पादनमा कमी आएको हो ।

Please follow and like us:

Comments