काठमाडौं । यसवर्षदेखि एसएलसीमा ग्रेडिङ प्रणाली शुरु हुने घोषणासँगै शुरु भएको अन्यौल एसएलसीको नतिजा आई कलेज भर्ना हुने बेला हुँदासम्म पनि चिर्न सकेको छैन । ग्रेडिङ प्रणाली लागू भएपछि पासफेल नहुने भनिएको एसएलसीमा कमजोर विद्यार्थी अर्थात डि र ई ग्रेड ल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुन नपाउँने भएपछि उनीहरुको भविष्य कतातिर लैजाने भन्नेबारेमा सरोकारवालाहरुले चिन्ता व्यतm गरेका छन ।

एसएलसी नतिजामा कमजोर देखिएका विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा लैजाने शिक्षा मन्त्रालयको योजना छ । तर उसको उक्त योजना व्यवहारिक नभएको प्राविधिक शिक्षालय सिटिइभिटिको दाबी छ । प्राविधिक शिक्षामा कमजोर विद्यार्थीहरुलाई मात्र थुपार्न नहुने भन्दै उसले प्राविधिक शिक्षा लिन पनि कम्तीमा ग्रेड सि नै ल्याउनुपर्ने अडान लिएको छ ।

पुन परीक्षा दिन समेत नपाउने भएपछि अघिल्लो एसएलसी भन्दा बढि विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको सरोकारवालाहरुको आरोप छ । तर शिक्षा मन्त्रालयले भने कमजोर विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा लैजाने योजना रहेको रटान दोहोर्याएको छ । कमजोर विद्यार्थीलाई टिएसएलसीमा सहभागी गराएर भएपनि उच्च शिक्षाका लागि बाटो खोल्न सकिने मन्त्रालयको कथन छ ।

यस वर्षको एसएलसी परीक्षाको नतिजा अनुसार देशभरमा लगभग २ लाख विद्यार्थी कमजोर तहमा परेका छन् । तर सिटिभिटिइले भने २५ हजार जना विद्यार्थीलाई मात्र टिएसएलसी दिलाउने र २० हजार विद्यार्थीलाई डिप्लोमा पढाउन सकिने जनाएको छ । यस्तो अवस्थामा बाकीँ रहेका विद्यार्थीको भविश्य भने अन्यौल हुने निश्चितप्रायः छ ।

Comments

comments