काठमाडौं । कलाकार तथा मोडल सृष्टि शाहीको हृदयघातबाट निधन भएको छ ।

आफ्ना श्रीमानसहित यरोपियन मुलुक पोर्चुगलमा बस्दै आएकी कलाकार तथा मोडल शाहीको गत बुधबार २८ वर्षको उमेरमा निधन भएको हो । उनी श्रीमान विमल श्रेष्ठसँगै पोर्चुगलको राजधानी लिस्बोनमा बस्दै आएकी थिइन् ।

हृदयघातका कारण बेहोस भएकी सृष्टिलाई तत्काल उपचारका लागि साँओ जोसे हस्पिटल भर्ना गरिएको थियो।

चिकित्सकका अनुसार शाहीको मुटुको भल्भको शल्यक्रिया गरिएको थियो । तर मश्तिष्कसम्म रक्तसञ्चार गर्ने नशा सिथिल भएका कारण दिमागमा चोट पुगेपछि उनको निधन भयो । गत शनिबार लिस्बोनको ओलिभाइस सेर्मेटारियोमा हिन्दु परम्परा अनुसार उनको दाहासंस्कार भएको छ ।

srishtiलिस्बोनमा रहेका सयौं नेपालीले उनको श्रद्धाञ्जली सभामा सहभागी भए। कार्यक्रममा पोर्चुगलका लागि नेपालका अवैतानिक राजदूत मकरबहादुर हमाल, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम केसी कमल लगायत उपस्थित थिए ।

सुदूरपश्चिमको कैलालीमा जन्मेकी सृष्टि र विमलको ११ वर्ष अघि प्रेम बिबाह भएको थियो । बिहेपछि विमल र सृष्टि अध्ययनका लागि सन् २००९ मा बेलायत पुगेका थिए । करिब दुई वर्षको बेलायत बसाइपछि उनीहरु सन् २०११ मा पोर्चुगल आएका थिए । सृष्टि गैर आवासीय नेपाली संघ एनआरएन पोर्चुगलका उपाध्यक्ष एवं चर्चित गीतकार र साहित्यकार सुनिल संगमकी भाइ बुहारी हुन् ।

शाहीले ‘सम्भव छैन मिलन हाम्रो‘’ र ‘हिउँ अनि वर्षा‘’ लगायत गुप्रै गीतको भिडियोमा अभिनय गरेकी छिन् ।

Comments

comments