एजेन्सी । अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

सोमवार सम्पन्न कोपा अमेरिका फुटबलको फाइनल खेलमा पेनाल्टी मिस गरेसँगै मेसीले सन्यास लिएको घोषणा गरेका हुन् ।

‘म अब नेशनल टिममा रहन योग्य ठान्दिनँ । मैलै सकेको सबै गरें तर टिमलाई च्याम्पियन बनाउँन सकिनँ । यसले मलाई पीडाबोध भएको छ’,मेसीले भने । सन् २००५ मा राष्ट्रिय टिमबाट खेल्न थालेका २९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि ११२ औं पटक खेलेका थिए ।

गोल रहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टी शुटआउटमा चिलीसँग अर्जेन्टिना ४–२ ले पराजित भएको थियो ।

Comments