काठमाडौं । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै चिलीले उपाधिमाथि कब्जा जमाएको हो ।

च्याम्पियन चिलीले लगातार दोस्रोपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि उचालेको हो । चिलीमा भएको अघिल्लो संस्करमा पनि चिलीले अर्जेन्टिनालाई नै पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको थियो ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान स्टार स्ट्राइकर लियोनल मेसी र लुकास चुकेपछि चिलीले उपाधिमाथि कब्जा जमाएको हो ।

Comments

comments