काठमाडौं । विश्व च्याम्पियन जर्मनी जारी युरोकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ।

आइतवार भएको खेलमा स्लोभाकियालाई ३–० ले हराउँदै विश्वविजेता जर्मनी युरोकप फुटबलको अन्तिम ८ मा प्रवेश गरेको हो ।

जर्मनीले खेलको ८ औँ मिनेटमै बोटिङको गोलबाट सुरुवाती अग्रता लिएको थियो । तर खेलको १४ औं मिनेटमा पाएको पेनाल्टीमा मेसुट ओजिल चुकेपछि जर्मनीले अग्रता दोब्बर पार्ने मौका गुमायो । ओजिलको प्रहार स्लोभाकियाका गोल रक्षकले उत्कष्ट बचाउ गरेका थिए ।

मध्यान्तरको केही मिनेट अघि खेलको ४३ औँ मिनेटमा मारियो गोमेजले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । पहिलो हाफमै दुई सून्यको अग्रता लिएको जर्मनीका लागि दोस्रो हाफमा खेलको ६३ औँ मिनेटमा ड्राक्सलले थप एक गोल गरेपछि जर्मनी ३–० को विजयी भयो ।

युरोकप फुटबलको उपाधि दाबेदार मानिएको विश्वविजेता जर्मनीले अब क्वाटरफाइनलमा स्पेन र इटालीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Comments