काठमाडौं । नेपालमा प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

मेडिकलहरुमा चिकित्सकको प्रेस्किप्सनको आधारमा मात्र बिक्रि गर्न मिल्ने लागु औषध मानिएका औषधि दुव्र्यसनमा लाग्नेहरुले खुलेआम किन्ने गरेको पाइएको छ । लागू औषधका दुव्र्यसनीहरुलाई मेडिकलहरुले महँगो रकम लिएर यस्ता औषधि बिक्रि गर्ने गरेकोले पनि लागू औषधका दुव्र्यसनीको संख्या बढेको लागू औषध नियन्त्रण ब्युरोको भनाइ छ ।

विभिन्न रोगको उपचारमा प्रयोग हुने क्ल्योरफेनिरामिन डाइजापाम, लोहोराजेपाम, नाइट्रोसन, टिडिजेसिक जस्ता औषधि र सिरिन्ज लागु औषधको रूपमा प्रयोग गर्नेहरु धेरै छन् । चिकित्सकको प्रेसक्रिप्सनबिना यी औषधि बेच्न पाइँदैनन् । लामो समयसम्म निद्रा लगाउने, लट्ठ बनाउने यी औषधिलाई दुव््र्यसनीहरुले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेका छन् । यी औषधिहरु चिकित्सकको प्रेस्किप्सन बिना लागु औषध प्रयोगकर्ताहरु जबर्जस्ती बढी रकम दिएरै किन्न आउने गरेको औषधि ब्यबसायीहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार यी औषधिहरु अत्यन्त संबेदनशील ख बर्ग का हुन्,जुन मात्रा नमिलेको खण्डमा ज्यान समेत जाने गर्दछ । तर लागूऔषध प्रयोगकर्ताहरुले यी औशाधिलाइ बिभिन्न कम्पोजिसन मिलाएर सेवन गर्ने गरेका छन् ।

मेडिकल सञ्चालकले लागुपदार्थ मानिएका औषधि कुन बिरामीले कुन प्रयोजनका लागि कहिले लगेको हो, विवरण राख्नुपर्ने नियम छ । तर व्यवहारमा भने त्यो लागू भएको पाइदैन । लागु औषध नियन्त्रण ब्युरोका प्रमुख जयबहादुर चन्दका अनुसार मेडिकलहरुले चिकित्सकको प्रेस्किप्सनको अधारमा मात्र यस्ता औषधी बिक्रीवितरण गर्ने हो भने लागू औषध सेवनकर्ताको संख्यामा उल्लेख्य कमी आउँने बताउनुभयो ।

हिरोइन कोकिन जस्ता महंगा लागू औषध पहुँच बाहिर भएपछि मेडिकलहरुमा सहजै उपलब्ध हुने औषधिहरुको कम्पोजिन मिलाएर लागुऔषधको रुपमा प्रयोग गर्ने नेपाली युवा जमातहरु बढ्दो छ । त्यसैले यसको नियन्त्रणका लागि मेडिकलहरुले विक्री वितरण गर्ने औषधिमा कडा निरानी र अनुगमन गर्न आवश्यक छ ।

Comments

comments