अर्घाखाँची । भारतीय राजदूत रञ्जीत रेले नेपाल भारत सम्बन्ध थप प्रगाढ बनाउन नेपालका राष्ट्रपतिले भारत भम्रण गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत रेले राष्ट्रपतिको भारत भ्रमणपछि नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुने बताए । भ्रमणको बिषयमा कुटनीतिक पहल भइरहेको र छिट्टै दुबै देशका राष्ट्रपति भ्रमणको मिति तय हुने राजदूत रे को भनाई छ ।

तराई आन्दोलनलाई लक्षित गर्दै राजदूत रेले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुँदा त्यसप्रति भारतको चाँसो हुनु स्वभाबिक रहेको जिकिर गरे । तराई आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा रेको जोड रहेको छ ।

नेपालमा जलबिद्युत, पर्यटन र कृषिमा धेरै सम्भावना रहेकोले ती क्षेत्रहरुको बिकासमा भारत सधै सहयोग र सहकार्य गर्न तयार रहेको उनले दाबी गरे ।

नेपालमा अहिले ५३० परियोजना भारतले सञ्चालन गरिरहेको र थप परियोजना प्रक्रियामा रहेको बताए ।

Comments

comments