काठमाडौं । काबुल आक्रमणपछि रोजगारीमा पठाउँन प्रतिबन्ध लगाएको अफगानिस्तानबाट थप ४० नेपाली फिर्ता भएका छन् ।

अफगानिस्तानस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत ४० नेपाली आइतबार नेपाल फर्केका हुन् । गत सोमबार काबुल आक्रमणमा परि १३ नेपालीको मृत्यु भएपछि सुरक्षाको प्रत्याभूति तथा तलब वृद्धिको माग गर्दै आएका नेपालीलाई जिफोरएसले नेपाल पठाएको हो ।

भारत हुँदै नेपाल पठाइन लागेका ती नेपालीहरु राति १० बजे नेपाल आइपुग्नेछन् ।

शनिवार राति कम्पनीका सुपरभाइजर र सिनियर लेभलका नेपाली सुरक्षाकर्मीमाथि हातपात गर्नेहरुलाई नेपाल फर्काइएको हो ।

जिफोरएसले पठाउन लागेका ४० नेपालीलाई दिनुपर्ने तलब रकम पनि नदिइकन पठाउन लागेको बताए । एकहप्तामा सबै हिसाबकिताब गरेर पाउनुपर्ने रकम नेपालमै पठाइदिने प्रतिवद्दता जनाएपछि ४० नेपाली कामदार फर्केका हुन् ।

नेपाल पर्कन लागेका नेपालीमा अधिकांश सुरक्षाको प्रत्याभूतिको माग गर्ने र ८ सय ५० बाट कम्तीमा १ हजार ५० डलर र्पुयाउनुपर्छ भनेर जोडदार माग गरेका थिए ।

Comments