चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

विभिन्न ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको हो ।

शनिबार राति पानी परेपछिसडकखण्डको धेरै ठाउँमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार सेती दोभान र घुमाउनीको बीचमा ठूलो पहिरो खसेको छ ।

पहिरो खसेपछि गाडी चल्न नसक्दा यात्रु अलपत्र परेका छन् । अहिले पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Please follow and like us:

Comments