जापान । जति मान्छेहरु उत्तर आधुनिक युगतिर जाँदैछन्,उति नै आदिम हर्कत पनि गर्न थालेका छन् ।

नाङ्गै हिड्न पाउँनुपर्ने अधिकारको सुनिश्चितताका लागि भन्दै विश्वका विभिन्न देशहरुमा नाङ्गो जुलुश प्रदर्शन समेत हुँदै आएका छन् । यहीक्रममा जापानमा अर्को महिना नग्न मानिसहरूका निम्ति रेष्टुरेन्ट खुल्दै छ । यो रेष्टुरेन्टमा खान जाने ग्राहकदेखि सेवा दिने स्टाफहरु समेत नाङ्गो हुनुपर्नेछ ।

तर यहाँको सेवा लिन चाहनेले विभिन्न मापदण्ड भने पूरा गर्नुपर्नेछ । जस्तो रेष्टुरेन्टभित्र पस्नुअघि ग्राहकले विभिन्न मापदण्ड पूरा गर्नुपर्ने नियम बसालिएको छ ।

naked 1‘मोटाइको अनुपात उचाइसँग मिल्दैन भने त्यस्ता मानिसलाई रेस्टुरेन्टभित्र छिर्न दिइने छैन । रेस्टुरेन्टभित्र छिरेपछि पेन्टीलगायत शरीरका जम्मै वस्त्र खोल्नुपर्छ र पूरै नांगो भएर भोजनको स्वाद लिनुपर्छ । रेस्टुरेन्टको सत्कार ग्रहण गर्न आउनेहरूको शरीरमा ट्याटू खोपेको हुनु हुँदैन । त्यस्तै गरी १८ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेरका ग्राहकका लागि पनि रेस्टुरेन्टको ढोका बन्द गरिन्छ,’ होटल स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । रेस्टुरेन्टमा ग्राहकलाई निर्वस्त्र वेटरले खाना पस्किन्छन् वा वस्त्रधारी वेटरले भन्ने चाहिँ समाचारमा खुलाइएको छैन ।

यो रेष्टुरेन्ट जापानको राजधानी टोकियोमा जुलाई २९ मा उद्घाटन हुने तय भएको छ ।

Comments

comments