काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा १३ नेपालीले ज्यान गुमाएका छन् ।

भारतीय प्रधानमन्त्रीका नाममा सुरू भएको ‘प्रधानमन्त्री ग्रामिण सडक योजना अन्तर्गत ‘इनोल चातरा मोटर मार्ग’ मा मजदुरी गर्दै आएका मजदुरहरुको एक महिना अघि देहरादुनमा पहिरोमा परि मृत्यु भएको हो ।

नेपालसँग सीमा जोडिएको भारतको देहरादुनमा ठीक एक महिना अघि १० नेपाली श्रमिकको ओडार भित्र कोचिएर एकै चिहान भएका हुन् । जाजरकोट, रूकुम, सल्यान र बर्दियाबाट रोजगारीका लागि नेपाली देहरादुन पुगेका थिए ।

भारत सरकार आफैंले निर्माण गरिरहेको यो सडकका लागि ४० भन्दा बढी नेपाली श्रमिक दैनिक ज्यालादारीमा काममा खटाइएका थिए । उनीहरूका लागि सडकछेउमै पाल टाँगेर बासको व्यवस्था मिलाइएको थियो ।

पहाडी भुभागमा बाटो खन्ने काम त्यसै पनि जोखिमपूर्ण त हो नै । दिनभरी काम गरेपनि रातिको समयमा हुने वर्षाको अत्यास कम पीडादायी हुन्न। जेठ ९ को मध्यरात त्यस क्षेत्रमा ठूलो आँधीबेहरी आयो ।

मजदुरको बाटो छेउको पाल हावाहुरीले उडाइदियो । ज्यान जोगाउन उनीहरू नजिकको ठूलो ढूंगामुनीको ओढारमा ओत लाग्न पुगे । देहरादुनका स्थानीय नेपाली मुलका भारतीय नागरिक गोरखा इन्टरनेशनल सोसियो कल्चरल फाउन्डेसनका अध्यक्ष सूर्यबहादुर साहीका अनुसार ओढार माथिको ढुंगो ओढारमा बजारिदा उनीहरुमध्ये १० जनाको एकै चिहान भएको हो ।

Comments

comments