काठमाडौं । सुनको मूल्य शुक्रबार एकैदिनमा ३ हजार रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको छ ।

सुन बिहिबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । बेलायत युरोपियन युनियनबाट बाहरिने परिणाम सार्वजनिक भएसँगै सेयर बजारमा आएको उतारचढाव र पाण्डको मूल्यमा आएको गिरावटका कारण सुनको मूल्यमा उच्च वृद्धि भएको हो । यो वृद्धि, नेपाली इतिहासमा नै पहिलोपटक भएको उच्च वृद्धि हो ।

यसअघि कहिल्यै पनि एकैदिन ३ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको थिएन ।

सुनको मुल्यमा अत्याधिक वृद्धि भएपनि तुलनात्मक रुपमा चाँदिको मुल्यमा भने खासै ठूलो वृद्धि भएको छैन । बिहिबारको तुलनामा चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार ७ सय ९० रुपैयाँ प्रतितोला किनबेच भएको चाँदी शुक्रबार ८ सय २० रुपैयाँ पुगेको छ ।

Comments

comments