एजेन्सी । युरोपेली संघमा रहने कि संघबाट अलग हुने भन्ने विषयमा बेलायतमा भएको जनमत संग्रहमा दुवै पक्षबीच कडा टक्कर हुने संकेत देखिएको छ ।

बिहिबार भएको मतदान पछि शुक्रबार शुरू भएको मतगणनाको सुरूवाती रूझानले संघ रहने र नरहने भन्ने पक्षबीच कडा टक्कर हुने संकेत देखिएको हो । जनमत संग्रहको तिब्र प्रचार गरिएको २० प्रतिशत क्षेत्रको नतिजाले यस्तो कडा टक्करको संकेत गरेको हो ।

मतगणनाको पछिल्लो परिणाम अनुसार इंग्लैंड के पूर्वोत्तर, मिडलैंड्स र वेल्स क्षेत्रमा यूरोपीय संघबाट अलग हुने चाहना राख्नेहरूको संख्या की चाह र अनुमान गरिए भन्दा निकै बढि भएको सुरूवाती सुझानले देखाएको छ ।

यता लण्डन, स्काटलैंड, नार्दन आयरलैंडमा यूरोपीय संघसँग जोडिरहन चाहनेहरूको संख्या अधिक भएको अनुमान छ । जनमत संग्रह पछिको देश ब्यापी रूझानको अनुमान लगाउन अहिले आएका नतिजको विश्लेषण भईरहेको जनाईएको छ ।

Comments

comments