काठमाडौं । नेपालले अफगानिस्तानमा मारिएका १३ जना नेपालीको परिवारकालागि क्यानाडा सरकारसँग क्षतिपूर्ति माग्ने भएको छ ।

अफगानिस्तानमा मारिएका १३ जना नेपाली नागरिक त्यहाँको राजधानी काबुल स्थित क्यानाडाली दुतावासको सुरक्षाकालागि खटिएका थिए । सरकारले ती नेपालीहरूलाई काममा लगाउने बेलायती सुरक्षा कम्पनीलाई पनि घोषणा अनुसारको राहत रकम तत्काल उपलब्ध गराउने आग्रह गर्ने भएको छ ।

क्यानाडा सरकारसँग क्षतिपूर्तिबारे छलफल गर्न नेपाली सरकारले ओटावा स्थित नेपाली राजदुत कालीप्रसाद पोखरेललाई आवश्यक निर्देशन दिईसकेको छ । ती नेपाली नागरिकहरूलाई बेलायती कम्पनी साबरी इन्टरनेशनलले सुरक्षा गार्डको रूपमा कबुल स्थित क्यानाडाली दुतावसका खटाएको थियो ।

अफगानिस्तानलाई पनि हेर्ने पाकिस्तान स्थित नेपाली राजदुतावासका कार्यवाहक राजदुत तीर्थराज अर्याललाई पनि काबुल स्थित क्यानाडाली दुतावाससँग छलफल गर्न निर्देशन दिईसकिएको सरकारले जनाएको छ ।

Comments

comments