काठमाडौं । काठमाडौंको सडकमा छाडा छोडिएका चौपाया समय समयमा वहसका विषय बन्छन् ।

ट्राफिक नै जाम हुने गरी छोडिएका छाडा चौपायाले सवारी साधन र सवारी चालकलाई सास्ती दिने गरेको घटना नौलो होइन पनि । तर सडकमा निस्किएका चौपाया नै छाडा बने पैदल यात्रु र सवारी चालकहरुको हालत के होला ? बिहीबार यस्तै दृश्य देखियो काठमाडौंको शहीद गेट आसपास क्षेत्रमा ।

एउटा राँगोले मच्चाउन सम्मको उदण्ड मच्चायो बिहीबार राजधानीको व्यस्त सडकमा । काट्नका लागि ठीक पारिएको अवस्थामा विच्के झै देखिएको उन्मत्त राँगोले सडकमा कसैलाई चिनेर र जानेन पनि । उस्लाई ट्राफिक नियम लागू हुने त कुरै थिएन , सडक सबै मेरो हो भने झै गरेर उस्ले मच्चाउनसम्म उत्पात मच्चायो । भाग्यवश कुनै ठूलो क्षति भने हुन पाएन ।

यात्रुवाहक वस, मोटरसाइकल र पैदल यात्री सबैमाथि जाइलाग्यो । फलत एक पैदल यात्री महिलासहित ६ जना राँगोको आक्रमणबाट घाइते समेत भए । पैदल हिडिरहेकी एक महिला राँगोको आक्रमणबाट सख्त घाइते नै भइन भने मोटरसाइकलमा सवार केहीको हात खुट्टा नै मर्कियो । धेरै मोटरसाइकल चालक कि राँगोलाई छलेर भागे कित मोटरसाइकल सडकमा नै छोडिराखेर कुलेलम ठोक्न बाध्य भए । एक्कासि सडकमा देखिएको राँगो कसैले त्रिपूरेश्वर तिरबाट आएको अनुमान गरे भने कतिले कालीमाटीबाट आइपुगेको ठम्याए । तर राँगो जहाँबाट आएको हो , वितण्डा भने मच्चाएर छोड्यो ।

range 1दुई साहसी युवाले अन्तत आँट गरेर राँगोलाई नियन्त्रणमा लिएर छाडे । राँगो नियन्त्रणमा लिएपछि धेरैले राहतको महसुस गरे । काठमाडौंमा बाँदर नचाउँदा पनि रमाइलो मानेर हेर्ने बानी परेकाहरुलाई भने राँगोको करामत रमाइलोले खुराक थप्यो नै । कुनै अनिष्ट हुन अघि नै राँगो नियन्त्रणमा आएपनि यस्ले सबैलाई सबक भने सिकाएको छ । अनियन्त्रित बधशाला रहेको काठमाडौं शहर भित्र जताततै राँगाको बध गर्ने कार्य सामान्य हो ।

त्यी छाडा बधशालाबाट विच्केको यो राँगोले विहीबारको वितण्डा मच्चाउदा अब त्यस्ता बधशालाहरु तर्फ ध्यान दिने की । छाडा चौपायाले हैरान पारेको काठमाडौंको सडकमा छाडा राँगोले दिएको सन्देश पनि यही नै हो ।

Comments

comments