लण्डन । ब्रिटेन यूरोपियन यूनियनमै रहने कि नरहने भन्ने सम्बन्धमा आज जनमत संग्रह हुँदैछ ।

स्थानिय समय अनुसार विहान ७ बजेबाट मतदानको समय तय गरिएको छ भने राति १० बजेसम्म मतदान गर्न पाइने छ । ४ करोड ६० लाखभन्दा बढी मतदानले मतदानमा भाग लिने अनुमान गरिएको छ । राष्ट्रव्यापी रुपमा गर्न लागिएको यो तेस्रो जनमत संग्रह हो । चार महिना लामो व्यापक बहस पछि गर्न लागिएको यस जनमत संग्रहले ब्रिटेनलाई यूरोपियन युनियनमै रहने वा छुट्टिने भन्ने टुंगो गर्नेछ ।

जनमत संग्रहको नतिजालाई आफ्नो पक्षमा पार्न विगत चार महिनादेखि विभिन्न अभियान सञ्चालित छन् ।

Comments