काठमाडौ । सरकारले विभिन्न माग राखेर आन्दोलन गरिरहेको ३३ दलीय मोर्चासँग आज वार्ता गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि आज बेलुका ५ बजे बोलाउनु भएको छ । प्रधानमन्त्री ओली मार्फत समस्या समाधान गर्न आग्रह गर्दै चुरे भावर पार्टीलाई वार्तामा आउन ३१ जेठमा पत्राचार गर्नुभएको थियो ।

वार्तामा मोर्चाले राखेका मागका विषयमा छलफल हुने र पुरा गर्न सकिने मागको सूची बनाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments