काठमाडौं । काबुलमा बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव ल्याउन गएको नेपाल वायुसेवा निगमको विमान फर्कन केही घन्टा ढिलाइ हुने भएको छ ।

बिहान साढे ११ बजे काबुलबाट शव लिएर फर्कने भनिएको निगमको जहाज प्राविधिक तयारीका कारण उड्न ढिलाइ भएको हो ।

मारिएका १२ जना नेपाली र घाइते सातसहित घर फर्किन चाहने अन्य नेपालीलाई पनि सोही जहाजले ल्याउने भएकाले केही घन्टा ढिला भएको बताइएको छ ।

यसैबीच मृतकहरुको शव बुझ्न र घाइतेहरुको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि विमानस्थल जानुहुने भएको छ ।

Please follow and like us:

Comments