भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष पुजा अर्चनाका लागि पशुपतिनाथ मन्दिरमा पुग्नुभएको छ ।
साउनको सोमबार पारेर आज मोदीले शिवको पुजा अर्चना गर्दै हुनुहुन्छ ।

पशुपतिनाथ मन्दिरमा पुग्नुभएका मोदीलाई १ सय ८ ब्रम्हण बटुकले स्वस्तीक मन्त्रोच्चारण गरेर स्वागत गर्दैछन् । यस्तै मोदीकै स्वागतकै लागि विभिन्न सास्कृतिक तथा धार्मिक महत्व झल्कने झाकी प्रस्तुत गरिदैछ । विभिन्न बाजागाजा र विभिन्न जातजातिका पोशाकमा सजिएका कन्याले मोदीको स्वागत गर्ने भएका छन् ।

Comments

comments