काठमाडौं । नेपालमा हवाइ सुरक्षाको जोखिम कायम रहेको भन्दै युरोपियन युनियनले कालो सूचीमा राख्ने निर्णयको यस वर्ष पनि निरन्तरता दिएको छ ।

नेपालले अन्तराष्ट्रिय हवाइ उड्यान संगठन (आइकाओ)को सुरक्षा सम्बन्धी मापदण्ड पुरा गर्न नसकेको तथा पछिल्ला वर्षमा भएका २ ठूला दुर्घटनाका कारण देखाउँदै इयुले कालो सूचीलाई निरन्तरता दिएको हो ।

बेल्जियमको ब्रसेल्समा गत महिना सम्पन्न इयु अन्तर्षगतको उड्यान आयोग बैठकले नेपालका १८ एयरलाइन्स कम्पनीलाई कालोसूचीमा निरन्तरता दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

Comments

comments