काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले ३ वर्षभित्र प्रत्येक व्यक्तिको घरमा खानेपानीको धारा र्पुयाउने दाबी गरेको छ ।

आधारभूत स्तरको खानेपानी संरचना अनुसार एक घर एक धारा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

थोक वितरण प्रणाली, वर्षाको पानी संकलन गरी तथा जलासयबाट प्रत्येकको घरमा पानी र्पुयाउने मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७३र७४ भित्रै १२ लाख जनतालाई उक्त कार्यक्रमबाट प्रत्यक्ष लाभ र्पुयाइने मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Comments

comments