काठमाडौं । समूह सीको उपविजेता बन्दै पोल्याण्ड पहिलो पटक युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

फ्रान्समा जारी युरोकप अन्तर्गत मंगलबार राति भएको समूहको आफ्नो अन्तिम खेलमा युक्रेनलाई १–० ले हराउँदै पोल्याण्डले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा पोल्याण्डलाई ऐतिहासिक जीत दिलाउँन ५४ औं मिनेटमा ज्याकोब ब्लासचेकोवस्कीले गरेको एक मात्र गोल पर्याप्त रह्यो ।

पोल्याण्डले सुरुमै गोल गर्ने केही मौका गुमाएको थियो । यसअघि नर्दन आयरल्याण्डलाई १–० ले हराएको पोल्याण्ड जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको थियो । जर्मनी र पोल्याण्डको समान सात अंक नै भएपनि गोल अन्तरका आधारमा पोल्याण्ड समूह उपविजेता बन्यो।

समूहका तीनै खेल गुमाएको युक्रेनले एक अंक पनि नजोडी युरोकपको यात्रा टुंग्याएको छ । पोल्याण्डले अन्तिम १६ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

poland 1

Comments

comments