काठमाडौं । सोमबार अफगानीस्तानको काबुलमा आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शव राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवाको विमानबाट ल्याउँने भएको छ ।

शव लिन सरकारले निगमको विमान पठाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीले अफगानीस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन नेपाल वायु सेवा निमगको जहाज पठाउन निर्देशन दिनुभएको हो ।

अफगानीस्तानको राजधानी काबुलमा सोमबार आत्मघाती आक्रमणमा परी १२ नेपालीको मृत्युभएपछि परराष्ट्र मन्त्रालयले पाकिस्टानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानीस्तान पठाएको थियो । पाकिस्तानबाट गएको नेपाली टोलीले अफगानीस्तानमा सबै कानुनी प्रक्रिया पूरा गरेपछि परराष्ट्रमा जानकारी गराउने र त्यसपछि नेपाल वायुसेवा निगमको जहाज मृतकको शव लिन काबुल जाने बताइएको छ ।

सोमबार काबुलमा भएको आत्मघाती आक्रमणमा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो ।

Comments