काठमाडौं । काठमाडौंबाट पूर्व सैनिक हवल्दार एक थान पेस्तोलसहित पक्राउ परेका छन् ।

सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले बालाजुको नयाँपुलबाट बाट पूर्व सैनिक हवल्दारलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोर्खाका ३० वर्षीय रणबहादुर ढकाल छन् ।

उनको साथबाट ७ दशमलव ६५ को पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Comments

comments