मेलबर्न । वेश्यावृत्तिमा संलग्न भएको आरोपमा सिड्नी प्रहरीले एक कलेज विद्यार्थीलाई पक्राउ गरेको छ ।

दिउँसो कलेज जाने र राति राति वेश्यावृत्तिमा संलग्न रहँदै आएकी वेष्ट सिड्नी युनिभर्सिटीकी एक छात्रालाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको छ ।

मेडलाइन क्रिष्टिन सायेर नामक ती १९ वर्षीया छात्रा अवैध लागू औषधको कारोबारमा समेत संलग्न रहेको पाइएको छ । उनको अपार्टमेन्टमा प्रहरीले छापा मार्दा ठूलो मात्रामा अवैध लागू औषधहरु बरामद भएको थियो । उनलाई सोमवार क्याम्पेलटाउँन जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीमाथि लागू औषध ओसारपसार,लागू औषध सेवन र अवैध वेश्यावृत्तिको अभियोग लगाइएको छ ।

उनले गत अक्टुबरदेखि आफू यो धन्दामा संलग्न भएको वयान दिएकी छिन् ।

photo:www.dailytelegraph.com.au

Comments

comments