मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा आधुनिक नेपाल निर्माणका लागि प्रवासी नेपालीहरुको भूमिकाबारे अन्तरक्रियात्मक छलफल हुने भएको छ ।

समान अवसर,न्यायोचित विकास र वितरण नै आजको विकल्प,प्रवासी नेपालीहरुको देश विकासमा साझा संकल्प भन्ने उद्घोषका साथ नेपाली जनप्रगतीशील मञ्च भिक्टोरियाले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सम्बोधन गर्नुहुनेछ ।

यही शुक्रवार अर्थात जुन २५ मा हुने कार्यक्रम इष्टोनियन हाउसमा हुँदैछ ।

Comments

comments