मेलबर्न । अष्ट्रेलिया अहिले विदेशी विद्यार्थीहरुको प्रमुख गन्तव्य हो भन्नेमा कुनै शंका छैन । तर हालसम्म विश्वविद्यालय स्तरको अध्ययनका लागि विदेशी विद्यार्थीहरु अष्ट्रेलिया आउँने गरेकोमा यहाँको सरकारले अब विद्यालयस्तरीय अध्ययनका लागि समेत विदेशी विद्यार्थीलाई खुल्ला गर्ने भएको छ ।

अष्ट्रेलियन सरकारले आगामी जुलाई १ देखि कक्षा ६ देखि माथिका विदेशी विद्यार्थीहरुलाई पनि भिसा खुल्ला गर्न लागेको हो । त्यसरी आउँने विद्यार्थीहरुका अभिभावकले पनि ५८० नीति अन्तर्गतको भिसा प्राप्त गर्नेछन् । यसरी दिइने भिसाको अवधी २ वर्षको रहनेछ । र, यस्ता भिसा वाहकहरुले काम गर्ने अनुमति भने पाउँने छैनन् । तर कुनै व्यवसायमा लगानी भने गर्न सक्नेछन् । त्यसैले सामान्य हैसियतका विद्यार्थीहरुलाई नभई हुनेखाने र सम्पन्न घरपरिवारका व्यक्तिका छोराछोरीहरुलाई ध्यानमा राखी यो भिसा नीति ल्याएकोमा हुनै दुई मत छैन ।

प्रधानमन्त्री मालकम टर्नबुलले गत अप्रिलमा आफ्नो चीन भ्रमणका बेला यस्तो भिसा नीति सार्वजनिक गर्नुभएको थियो । त्यसको कार्यान्वयन अर्को महिनादेखि हुने भएको हो ।

Comments

comments