काठमाडौं । राजधानीको केन्द्रमा रहेको ऐतिहासिक रानीपाखेरी अबको १५ महिनापछि नयाँ स्वरुपमा हेर्न पाइनेछ । अत्याधुनिक प्रविधि सहितको नयाँ रानीपोखरी काठमाडौं महानगरको मात्र होइन राजधानीकै प्रमुख आकर्षणको रुपमा रहनेछ ।

गत वर्षको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण काम तीव्र गतिमा अगाडि बढेको हो पोखरीबीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर पुननिर्माणका लागि भत्काउने काम भइरहेको छ । त्यस्तै रानीपोखरीको पानी रित्याउने र चारैतिर बगैंचा बनाउन पर्खाल लगाउने काम भइरहेको छ । पोखरीमा रहेका सबै माछा बालाजु पार्कमा सारिसकिएको छ ।

raniपुनर्निर्माणको ठेक्का पाएका तीनवट कम्पनी वर्ल्ड वाइड, कँडेल र केएकेजीलेले संयुक्त रुपमा जेठबाट काम थालेका हुन् । पुनर्निर्माण १५ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भैरहेको छ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर वर्षको दुई दिन छठ र भाइटीकाको दिन खुल्छ ।

रानीपोखरी ऐतिहासिक सम्पदा र मन्दिरको संरचना पुरानै शैलीमा राखेर पुनर्निर्माण गरिने छ ।

रानीपोखरीलाई पूर्णरुपमा मनोरञ्जन पार्कका रुपमा विकसित गरिने छ। पार्क २४ सै घन्टा खुला गरिने छ । ऐतिहासिक सम्पदा नबिग्रिने गरी रानीपोखरीलाई पार्कका रुपमा विकसित गरिने जानकारी महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख उत्तरकुमार रेग्मीले बताउँनुभयो । हरियाली कायम गर्न रानीपोखरीको चारैतिर बगैंचा बनाउने, बोटविरुवा रोप्ने तथा पोखरी संरक्षणका लागि बार निर्माण गरिने छ । रानीपोखरी परिसर ६० रोपनी क्षेत्रफलमा फैलिएको छ भने पोखरीले मात्रै ४० रोपनी ओगटेको छ।

पुनर्निर्माणपछि रानीपोखरीको बीचमा म्युजिकल फाउन्टेन हुनेछ । रत्नपार्कमा बोरिङ गरेर पानी निकाल्ने र साँझको समयमा म्युजिकल फाउन्टेन चलाउने योजना रहेको रेग्मीले बताउँनुभयो । रानीपोखरी नयाँ स्वरुपमा आएपछि आवश्यकता अनुसार म्युजिकल फाउन्टेन परिवर्तन गरेर दिनहुँ बेलुकापख सञ्चालन गरिने छ । नयाँ स्वरुपको रानीपोखरी हेर्न दैनिक ३ हजार जना आउने अनुमान महानगरपालिकाले गरेको छ ।

पुननिर्माणसँगै पोखरी पनि सफा गरेर पानी कञ्चन बनाइने छ । सयौं वर्षदेखि सफा नगरिएको यो पोखरीको हिलो हटाउनु सवैभन्दा चुनौतीपूर्ण काम रहेको महानगरपालिकाको भनाइ छ ।

Comments

comments