टोक्यो । जापानमा नयाँ होटल खुलेको छ । यसले दिने सेवाका कारण यो होटल अहिले जापानमा मात्र होइन दुनियाँकै लागि चर्चाको विषय बनेको छ । यो होटल जिउँदा मान्छेहरुको सेवाका लागि नभई मृत लाशहरुका लागि खुलेको हो । त्यसैले कावासाकीमा अवस्थित यो होटललाई लाशको होटल भन्ने गरिएको छ ।

japan-lashयथार्थमा यो एउटा मुर्दाघर हो । जसमा जापानका त्यस्ता लाश राखिन्छन्, जुन् चिहानमा गाड्ने तयारीमा हुन्छ । जापानको यो मुर्दाघरमा हरेक दिन भीड यति बढी हुन्छ कि लाशको लामो लाइन नै लाग्दछ । लाश राख्ने यो होटलको खर्च पनि कम हुँदैन । अन्तिम क्रिया गर्नुअघि एउटा लाश यहाँ राखेको दैनिक भाडा नेपाली रुपैयाँ आठ हजारभन्दा बढी पर्छ । होटलमा कुल दश वटा कोठा छन् । एउटा लाशलाई चार दिनभन्दा बढी यहाँ राख्न सकिन्न । यो चार दिनमै परिवारले अन्तिम संस्कार स्थल खोज्नुपर्ने हुन्छ ।

japan-lash2त्यसो त अरु केही होटलले पनि यसरी लाश राख्ने गर्दछन् । तर, उनीहरु यो काम लुकीछिपी गर्ने गर्दछन् । सुसु होटलले पहिलोपटक खुलारुपमा यो काम सुरु गरेको हो, त्यो पनि बिना हिच्किचाहट । यो होटलमा लाशलाई फ्रिजमा राखिदैन । लाशलाई अन्य कुनै सामान्य पाहुना सरह एयरकन्डिशनरमा राखिन्छ ।

japan-lash5जापानमा मृत्युदर तिब्रताका साथ बढिरहेको छ । हरेक वर्ष २ लाख बढी मानिस मर्छन् । सन् २०४० सम्म वर्षेनी १७ लाख मानिस मर्ने आशंका गरिएको छ ।

japan-lash7कावासाकीको यो लाशको होटल वरपर बस्नेहरु भने खुसी छैनन् । उनीहरुले विरोध पनि गरिरहेका छन् । तर, होटल मालिक बढ्दो मागबाट पैसा कमाउने आशा गरिरहेका छन् ।

Comments

comments