एजेन्सी । क्रिष्टियानो रोनाल्डोले फ्रान्समा जारी यरोकपमा कुनै जादू देखाउँन नसकेपछि उनका समर्थकहरुमा निराशा छाएको छ ।

यो प्रतियोगीतामा उनीसँग थुप्रै कीर्तिमानी अवसरहरु भए पनि ती कुनैलाई उनले अविस्मरणीय बनाउँन सकेनन् । कतिसम्म भने जारी युरोकपको दुई खेल खेलिसक्दा रोनाल्डोको टिम पोर्चुगलले एउटा पनि जीतको स्वाद लिन पाएको छैन ।

शनिवार अस्ट्रियासँगको खेलमा रोनाल्डोको उपस्थिति आफैमा कीर्तिमानी थियो । तर उनले यसलाई कीर्तिमान जस्तो महत्वपूर्ण भने बनाउन सकेनन् । रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट एक सय २८ औं खेलमा सहभागिता जनाए, जुन कुनै पनि पोर्चुगिज खेलाडीले राष्ट्रिय टिमबाट गरेको सबै भन्दा धेरै सहभागिता हो । उनले लुइस फिगोले एक सय २७ पटक राष्ट्रिय टिमबाट खेलेर बनाएको कीर्तिमान भंग गरे । तर यस्तो कीर्तिमानी खेल भने उनका लागि बिर्सन लायक बन्यो । दोस्रो हाफमा पाएको पेनाल्टीमा रोनाल्डो चुकेपछि टिम युरोकपका दुई खेल सकिँदा पनि पहिलो जितको खोजीमै रह्यो ।

पेनाल्टी एरियामा अस्ट्रियाका खेलाडीले लडाएपछि ७८ औं मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्नबाट चुके । उने प्रहार गरेको बलमा पोलमा लागेर फर्किएको थियो । सन् २००३ मा काजखस्तानसँगको खेलबाट राष्ट्रिय टिमबा डेब्यु गरेका रोनाल्डोले शनिबार राति अस्ट्रियासँगको खेलमा तीन पटक पोस्टमा प्रहार गरे । दुई पटकको प्रहार अस्ट्रियाका गोलरक्षक रोबर्ट अलमेरले जोगाए ।

रोनाल्डोले युरोकपमा राष्ट्रिय टिमका लागि गोल गर्ने गरेको प्रतिक्षा अझै लम्बिएको छ । समूहको अन्तिम खेलमा पोर्चुगलले हंगेरीसँग खेल्दैछ । त्यो खेलमा गोल गर्न सके र टिमलाई जित दिलाए भने रोनाल्डोको आलोचना कम होला नभए उनको आलोचना बढ्दै जाने छ ।

Comments

comments