काठमाडौं । जापान पठाइदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा जापानी नागरिकसहित २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले जापानी नागरिक हिरोशी मोरिकवा र नेपाली नागरिक बज्र गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुले जापान पठाइदिने भन्दै ८ लाख रुपैयाँ उठाउने गरेको पीडितको उजुरीमा उल्लेख छ । उनीहरुले १२ जनाबाट ११ लाख ३० हजार रकम ठगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले दोलखाको सिंगटीमा भूकम्पपीडितका लागि भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम सञ्चालन गरेका थिए । तालिमपछि सहजै जापान जान सकिने आश्वासन दिएर रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

Comments

comments