एजेन्सी । क्यानाडाका सांसदहरुले देशको राष्ट्रगानको अंग्रेजी संस्करणलाई लैंगिकरुपमा बढी निष्पक्ष बनाउनका लागि गीतको बोल परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् ।

अब ‘ओ क्यानडा’ राष्ट्रगानमा रहेको ‘इन अल थाई सन्स कमाण्ड’ लाई परिवर्तन गरेर ‘इन अल अफ अस कमाण्ड’ गरिनेछ । ‘देशका छोरा आफ्नो देशलाई अति माया गर्छन्’ को स्थानमा ‘सबै जनता आफ्नो देशलाई माया गर्छन’ बाध्य जोडिनेछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले गत अक्टोबरमा निर्वाचन जितेपछि लगातार लैंगिक समानतामा जोड दिँदै आएका थिए । यो परिवर्तनसँग सम्बन्धित विधेयक सांसद मारिलल बेलांगरले प्रस्तुत गरेकी हुन् ।

मारिल शासी लिबरल पार्टीकी सदस्य हुन् । यद्यपि यति ठुलो परिवर्तनमा सहायक बनेकी मारिलले यो कानुन बनेको देख्न पाउने हुन् वा होइनन् भन्न कठिन छ । किनभने उनी एउटा उपचारविहीन रोगबाट पीडित छिन् । यो परिवर्तनसम्बन्धी प्रस्ताव सिनेटमा पठाइनेछ, जसले मन्जुरी दिने आशा गरिएको छ।

यसअघि यसप्रकारको परिवर्तनको माग सन् २०१० मा गरिएको थियो, जतिबेला कन्जरभेटिव पार्टीले अस्वीकार गरेको थियो । क्यानडाको राष्ट्रगानमा परिवर्तन गर्नुपर्ने माग महिला संगठनहरुले लगातार गर्दै आएका थिए । सन् १९८० मा क्यानडामा नयाँ राष्ट्रगान तयार गरिएको थियो । त्यतिबेलादेखि रहेको ‘छेरा’ शब्दको विरोध हुन थालेको थियो ।

Comments

comments