मेलबर्न । नेपाली रकब्याण्ड कबवेभका गीतहरु मनपर्छ भने मेलबर्नका दर्शकहरु खुशी हुनुहोस् । किनभने दीपेश मुल्मी सहितको कववेभ ब्याण्ड आफ्नो वजनदार लाइभ प्रस्तुतिका लागि अष्ट्रेलियाको मेलबर्नमा आउँदैछन् ।

द अवेसम थ्री नाम दिइएको उक्त सांगीतिक कन्सर्टमा कववेभका साथमा गायक रोहित जोन क्षेत्रीले पनि आफ्नो रकिङ प्रस्तुति दिनेछन् । सोलाङचर र एस इभेन्टस् एण्ड मल्टिमिडियाले आयोजना गर्न लागेको यो कार्यक्रम आगामी जुलाई २४ मा मेलबर्नस्थित ट्रयाक लाउञ्ज बारमा हुनेछ ।

यसलाई एइसीसी ग्लोबलले प्रायोजन गर्नेछ ।

Comments

comments