मुगु । मुगुमा यार्सागुम्बा संकलन क्षेत्रमा गोली चल्दा एकजनाको ज्यान गएको छ ।

जिल्लाको सिमामुगु गाविसको यार्सा संकलन क्षेत्रमा अन्धाधुन्ध गोली चलेको गोली प्रहारबाट यार्सा संकलन गर्न गएका एक ब्यक्तिको मृत्यु भएको छ । यार्सा संकलन क्षेत्रको ठूलो कोइकी भन्दा उत्तर तर्फको पाटन क्षेत्रमा हतियार सहित अवैध रुपमा यार्सा लुट्न आएका व्यक्तिले बुधबार राति अन्धाधुन्दा गोली चलाउँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा माग्री गाविस(५ का अन्दाजी ३० वर्षीय कार्मा अंग्याल लामा भएको जनाईएको छ ।

Comments