भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग रिसाएका छन्  । ‘तपाईंले मोदीको अगाडि मेरो कोट समातेर किन तान्नुभयो’, रिजाललाई हपारेको देखेका कोइरालाका एक सहयोगीले भने, ‘यो ठीक भएन, तपाईं ‘ओभरस्मार्ट’ बन्न खोज्नुभयो ।’minendra-4-300x219

आफुलाई हात तानेर यता र उता गरे पछि झोक्किएका प्रधानमन्त्री सुशील कोइराला रिसाएका कोइरालाले झपारे पछि रिजालले अपमान गर्न होइन मोदी नछेकिउन भनेर मात्र आफुले त्यसो गरेको हो भन्ने स्पष्टीकरण दिएको निकट श्रोतले बताएको छ | पटक पटक कोइरालाको हात समातेर शिष्टाचारको खिल्ली उडाएका मिनेन्द्र रिजालको हरकत पद सुहाउँदो थिएन | सवारी मन्त्रीको जिम्मेवारी पाएका रिजालले कसको स्वार्थका निम्ति त्यसो गरेका थिए भन्ने प्रश्न एकातिर छ भने मन्त्रिले शिष्टाचार महापालको काम किन गरे भन्ने प्रश्न अर्को तिर छ |

यस्तो थियो सवारी मन्त्रि मिनेन्द्रको चर्तिकला


minendra-3-300x219

minendra-2-300x219

minendra-1-300x219

Comments

comments