काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीको घोषणा समारोहमा कार्यक्रम सञ्चालक बनेकी अभिनेत्री करिश्मा मानन्धरको फितलो प्रस्तुतिको चर्चा अझै सेलाएको छैन । पछिल्ला केहि दिन यता सामाजिक सञ्जालमा करिश्मा आलोचनाको पात्र समेत बनिरहेकी छिन् । करिश्माको कामलाई लिएर धेरैले धेरै प्रकारका व्यङ्ग्य पनि गरे ।

करिश्माको फितलो अनि तयारी नपुगेको प्रस्तुतिले उनले अभिनेत्रीका रुपमा बनाएको सम्मानजनक छविमै आँच पुगेको करिश्माका शुभ चिन्तकहरु समेत बताउँछन् । रातो साडीमा ग्ल्यामसर बनेकी करिश्माको कार्यक्रम सञ्चालन गर्ने शैली भने ग्ल्यामरस बनेन ।

स्टेजमा वक्ता बोलाउँदा होस् या अन्य समयमा करिश्माको शब्द शब्दमा तयारी नपुगेको भेटिन्थ्यो । तर यी सबै कुराहरुलाई करिश्माले पनि गम्भीर रुपमा लिएको उनको पछिल्लो स्टाटसले प्रष्ट पार्दछ । उनले छोरी कवितासँगको फोनवार्तालाई अघि सार्दै फेसबुकमा ठट्यौली पारामा गम्भीर स्टाटस लेखेकी हुन् ।

karishma statusबुधबार बिहानै ’गुड मर्निङ’ सहितको करिश्माले लेखेको स्टाटसमा आफु बल्ल जन्मिँदै गरेको उल्लेख छ । अमेरिका बस्दै आएकी छोरीले फोन गरेर देशकै बेईज्जत गर्नुभयो रे ममी ‘ भन्दा त्यसको उत्तरमा छोरीलाई आफूले जन्मदिए पनि आफु फेरी जन्मिँदै गरेको बोलेको लेखेकी छिन् ।’

उनको आशय राजनीतिमा आफू नयाँ रहेको र सिक्नुपर्ने धेरै रहेको भन्ने बुझिन्छ ।

Comments

comments