सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या हालसम्म १९ पुगेको छ ।  आज बिहान दुई बजेबाट राम्चे– ५ र मांखा– १ गएको पहिरोमा परि सयौं बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी २७ घाईते भएका छन । मांखा र राम्चेको सीमानामा रहेको जुरेमा माथिबाट पहाडै खस्दा १ सय ५० भन्दा बढि घर पुरीएको हुनसक्ने अनुमान प्रहरीको छ ।

यसैबीच गृहमन्त्री बामदेव गौतमले घटनाप्रति नेपाल सरकार स्तब्ध रहेको बताउनुभएको छ । घटनास्थलको अवलोकनका लागि सिन्धुपाल्चो पुग्नुभएका गौतमले यस विपत्तिले नेपाल सरकार स्तब्ध बनेको भन्दै उहाँले पहिरो पिडितको उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति खर्च गर्न कुनै कसरथ बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

अहिले पहिरोले थुनिएको सुनकोसी नदीमा एक छेउबाट पानी बग्ने क्रम बढेको छ । पानीको बहाब जारी रहेकाले खतरा केही घटेको महशुश गरिए पनि ठूलै भेलले पहिरोले निर्माण भएको अस्थायी बाँध एकैचौटी भत्किए खतरा बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा अहिले उद्दारटोली सक्रिय छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको उद्दार टोली सक्रिय रहेका छन् । पहाड खसेर सुनकोशीमा झरेपछि पानी थुनीएर ताल बनेको छ । पहिरो खसेर करिव २ सय मिटर अग्लो बाँध बनेको हो । कुनै पनि बेला बाँध पूmट्न सक्ने सम्भावना बढेपछि जुरे तल नदी छेउछाउका लामोसाँघु, खाडिचौर, कोठे, बलेफी र सुकुटेका स्थानीयहरु विस्थापित भएका छन ।

Comments