काठमाडौं । ग्यास उद्योगीहरुले खाली सिलिन्डरको धरौटी रकम ५ सय रुपैयाँसम्म बृद्धि गरेका छन् ।

सिलिन्डरकै मूल्य बढेपछि भरिएको ग्यासको मूल्य चार हजार रुपैयाँसम्म तिर्न उपभोक्ता बाध्य भएका छन् ।

ग्यास विक्रेता महासंघका अनुसार अभावको मौका छोप्दै उद्योगीले खाली ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढाएका हुन् । योसँगै सबैभन्दा महंगो सिलिन्डरको मूल्य २ हजार ६ सय रुपयाँ पर्ने भएको छ । अहिले नाकाबन्दी अघि श्रीमायाको मूल्य २ हजार १ सय थियो ।

भरिएको सिलिन्डरसहित ग्यास ४ हजार रुपैया पर्छ ।

Comments