मेलबर्न । प्रसिद्ध नेपाली हाँस्य श्रृंखला भद्रगोलका कलाकारहरु अष्ट्रेलिया आउँने भएका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा उनीहरुले विभिन्न राज्यहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।

आरकेएस अस्ट्रेलियाको आयोजनामा सिड्नीमा भद्रगोल हाँस्य ब्यङ्ग कार्यक्रम हुने भएको हो । यही जुलाई ९ शनिबारका दिन हुने कार्यक्रम मराना अडिटोरियमको हर्सभिलमा हुने छ ।

कार्यक्रमका लागि भद्रगोलका प्रमुख कलाकारहरुको टोली आउँने तय भएको आयोजकले जनाएको छ ।

अस्ट्रेलियाको ब्यस्त जीवनमा हाँस्य ब्यङ्ग कार्यक्रमको माग बढेकोले पारिवारिक मनोरञ्जनात्मक प्रस्तुतिका लागि भद्रगोलका टोली ल्याउँन लागिएको आयोजकले बताए । भद्रगोलले सिड्नी बाहेक मेलबर्न लगायतका अस्ट्रेलियाका अन्य सहरहरुमा पनि कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सिड्नीमा हुने कार्यक्रममा नेपइन्डो फ्युजन डान्स गु्रपले बिशेष प्रस्तुति दिने बताइएको छ ।

Comments

comments