काठमाडौं । फ्रान्समा जारी युरो कप २०१६ मा डिफेन्डिङ च्याम्यिन स्पेनले विजयी यात्रा शुरु गरेको छ । समूह डी अन्तरगत सोमबार बेलुकी भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हराएको हो ।

निकै प्रतिस्पर्धात्मक रहेको रोमाञ्चक खेलको अन्त्यमा एक गोल गर्दै स्पेनले विजयी यात्रा शुरु गरेको हो । स्पेनको जीतमा क्रसमा पिके नायक सावित बने । उनले खेलको ८७ औँ मिनेटमा आन्द्रे इनिष्टाको क्रसमा हेड मार्फत सुन्दर गोल गरेका थिए । त्यअघि खेल अवधिभर ८१ प्रतिशत आफ्नो पक्षमा बल राखेको स्पेनले गोल गर्ने निकै अवसरहरु गुमायो । स्पेनले ११ कर्नर र चेकले ३ वटा कर्नर पाएका थिए । १५ वटा सटमा ४ वटा मात्र पोष्टमा हानेको स्पेनले एउटा मात्र गोल गर्न सकेको हो । उता चेकले भने ४ वटा सट पाएकोमा दुई वटा पोष्टमा प्रहार गरेको थियो ।
स्पेनका गोलकिपर डेबिडले निकै राम्रो बचाउ गरे ।

दशौं पटक युरोकप खेलिरहेको स्पेनले यसअघि नै तीन पटक उपाधि जितिसकेको छ । सन् १९६४ मा पहिलो पटक युरो कप जितेको स्पेनले २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान समेत बनायो । सोमवारको जीतले युरोकप उपाधिमा ह्याट्रिक गर्ने स्पेनको सम्भावना जीवितै रहेको छ ।

Comments