काठमाडौं । झण्डै ६० वर्षको नेपाली चलचित्रको इतिहासमा युवा पुस्ताका सफल मानिएका अनमोल केसी सर्वाधिक महँगो पारिश्रमिक पाउँने अभिनेता बनेका छन् ।

अहिलेसम्म चार चलचित्र मात्र अभिनय गरेका अनमोललाई निर्माणाधीन चलचित्र कृ का लागि २० लाखमा अनुबन्धित गरिएको हो । उनै अभिनेता अनमोल अहिले फेरि २३ लाख पर्ने बाइक किनेर चर्चामा आएका छन् । चलचित्र ‘ड्रिम्स’ चलेपछि अनमोलका बुवा अभिनेता तथा निर्माता भूवन केसीलाइ करिब २ करोड मुनाफा भएको हो । त्यही पैसाबाट वुवाले नयाँ कार किने भने छोरा अनमोलले बाइक किनेका हुन् । बाइकमा सौखिन उनले २३ लाख खर्चेर डुकाटी बाइक किनेका हुन् । अनमोलले ३ हप्ता अगाडि ‘डुकाटी’ बाइक किनेका हुन् ।

अनमोल अभिनित नयाँ चलचित्र गाजलु अहिले प्रदर्शन भैरहेको छ । यो चलचित्रले पनि चौथो दिनमै करोड माथिको व्यापार गरिसकेको जनाइएको छ । अनमोल मात्र अहिलेसम्म खेलेका सबै चलचित्रबाट करोडमाथिको व्यापार गर्ने भाग्यमानी अभिनेता हुन् । उनको लेडिज फ्यान मात्र नभई मेल फ्यानहरु समेत अत्याधिक रहेका छन् ।

Comments