काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको हो ।

उहाँले एनसेलको बेस स्टेसन र वल्र्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिनुभयो ।

प्रहरी प्रधान कार्यालयले शनिवार देशभरका प्रहरी कार्यालयलाई ’विप्लव नेतृत्वको माओबादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु’ भन्दै परिपत्र पनि गरेको छ।

Please follow and like us:

Comments