बलिउडमा एक से एक हिट फिल्म दिएर चर्चा बटुलेका दुई खान अर्थात् शाहरुख खान र सलमान खान केहि समय यता बलिउडका किङका रुपमा तहल्का मच्चाईरहेका छन् । तर सलमान खानले बलिउडको किङ आफु नभई शाहरुख खान भएको प्रतिक्रिया दिएका छन् ।

सलमानको पछिल्लो चलचित्र ‘किक’ सफल भएको खुशीयालीमा आयोजित एक कार्यक्रममा उनले बलिउडको राजा आफू नभएको बताएका हुन् । उनले बलिउडमा ‘किङ’को रुपमा शाहरुख खान रहेको भन्दै त्यो स्थान उनलाई नै सुहाउने बताए । सलमानले अहिले बलिउडमा आफ्नो स्थान कतै हराएको भन्दै शाहरुख खान बलिउडको राजा भएको बताएका हुन् ।

यता बलिउडका नायक शाहरुख खानले पनि सलमान र आफ्नो सम्बन्ध निकै नजिकको रहेको बताएका छन् । ‘सलमान र म साथी जस्तै छौं । उनी निक्कै मिलनसार छन्, शाहरुखले भने ।

Comments

comments