काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा गरिएको छ ।

काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहकाबीच नयाँ शक्ति नेपाल पार्टी स्थापनाको घोषणा गरिएको हो । संयोजक बाबुराम भट्टराईले सम्बोधन गर्दै औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएको हो । यसअघि यसलाई नयाँ शक्ति नेपाल अभियान नाम दिइएको थियो ।

naya shakti 00घोषणा कार्यक्रममा देशभर र विभिन्न मुलुकबाट उल्लेख्य संख्यामा सहभागीहरु उपस्थित रहेका छन् । भट्टराईले आर्थिक क्रान्तिको एजेण्डासहित नयाँ शक्ति नाम दिएर नयाँ पार्टी स्थापना गर्नुभएको हो ।

Comments

comments