काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरू गरेको हो । जुन उद्धेश्यले आफ्नो पार्टी सरकारमा सहभागी भएको थियो त्यसअनुसार काम नभएको भन्दै सरकारबाट बाहिरिने निर्णयमा पुगेको फोरम लोकतान्त्रिकले जनाएको छ ।

ओली सरकारमा सहभागी हुनुअघि भएको समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले चासो नदेखाएको फोरम लोकतान्त्रिकको गुनासो छ ।

Comments

comments