काठमाडौं । फूलको आँखामा भन्ने गीतबाट अन्तराष्ट्रिय सेलिब्रेटी बनेकी आनी छोयाङ डोल्मा छिट्टै नयाँ एल्वम सार्वजनिक गर्ने तयारीमा रहेकी छिन् ।

थुप्रै एल्बम निकालिसकेकी आनीको नयाँ एल्बम तयार भइसकेको बताइएको छ । तर व्यस्तताका कारण बजारमा ल्याउन ढिला भएको उनले सुनाइन् । आजभोलि अडियोमात्रै निकालेर नचल्ने र त्यससँगै भिडियोसमेत आवश्यक पर्ने भएकोले केही ढिलाइ भएको आनीले बताइन् । उनले एल्बमको नाम ‘आनीसँग ज्ञानी नानी’ जुराएकी छिन् ।

आनीका गीतले कुनै न कुनै सन्देश बोकेका हुन्छन् । यो एल्बम खासगरी आमा र बालबालिकाका लागि उपयोगी हुने उनको विश्वास छ । १६ वटा गीत रहेको यो एल्बममा बालबालिकाले सुन्ने गीत समाविष्ट छन् । आमाले बच्चालाई फकाउँदा र सुताउँदा गाउने गीत र लोरी पनि समाविष्ट छन् ।

Comments

comments