मेबलर्न । जनप्रगतिशील मञ्चको अष्ट्रेलिया अधिवेशनको लागि अष्ट्रेलिया आउँन लाग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सीधै मेलबर्न आउँनुहने तय भएको छ ।

अध्यक्ष दाहाल आगामी जुन २३ तारिखका दिन मेलबर्न आइपुग्नुहुने निश्चित भएको हो । काठमाडौंबाट मेलबर्नमा आउँनुहुने अध्यक्ष दाहालले मेलबर्नमा दुई दिन विताउँनुहुनेछ । त्यसक्रममा यहाँ आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ । यसपछि अधिवेशनको उद्घाटनका लागि सिड्नी जाने कार्यक्रम तय भएको बताइएको छ ।

तर उहाँको अष्ट्रेलिया भ्रमणको सम्पूर्ण कार्यतालिका सोमबारसम्ममा टुङ्गो लाग्ने बताइएको छ । भ्रमणका क्रममा अध्यक्ष दाहालले महत्वपूर्ण भेटघाटको कार्यक्रमहरु पनि रहनेछन् ।

Comments

comments