अन्तर्राष्ट्रिय च्याम्पियन्स कप क्लव फुटबल प्रतियोगितामा म्यानचेष्टर युनाइटेडको अपराजित यात्रा कायमै छ ।

समूहमा सत्प्रतिशत नतिजा निकाल्ने क्रममा म्यानयुले स्पेनिश क्लव रियाल मड्रिडमाथि शानदार जित निकालेको छ ।

म्यानयु ३ १ ले विजयी भयो । म्यानयुलाई जिताउन एस्ले यङ्गले दुई तथा हेभियर हर्नान्डेजले एक गोल गरे । रियालका ग्यारेथ बेलले पेनाल्टीमार्फत एक गोल फर्काए । यसअघि म्यानयुले इटालियन क्लव इन्टर मिलान र एएस रोमालाई पराजित गरेको थियो ।

यस्तै गएरातिको अर्को खेलमा इन्टर मिलानले एएस रोमालाई २ ० ले हरायो । मिलानलाई जिताउन नेमान्जा भिडिक र युटो नागाटोमोले गोल गरेका हुन ।  अर्को समूहका खेलमा ओलम्पियाकोस र लिभरपुल विजयी भएका छन । ओलम्पियाकोसले म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५ ४ ले पराजित र्गयो ।

यसअघि निर्धारित र थपिएको खेलमा २ २ को बराबरी भएको थियो । त्यसैगरी लिभरपुलले एसी मिलानलाई २ ० ले हरायो । लिभरपुललाई जिताउने क्रममा जो एलेन र सुसोले एक एक गोल गरेका थिए ।

Comments

comments