काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन सकिएको तीन महिना नाघिसक्दा पनि खास कार्यकक्षमा प्रवेश गरेका छैनन् ।

फागुन २४ गते सभापति निर्वा्चित भएलगत्तै उनी आफू पहिले बस्दै आएकै कोठातिर लागे । त्यसका सोफा, कार्पेट, कुर्सी, टेबल, फेर्न लगाए । तर सभापतिको कार्यकक्षमा पसेनन् ।

कारण, उनलाई वास्तुशास्त्रीले सजग गराएका थिए–‘पूर्व सभापतिहरु बस्दै आएको कक्ष वास्तुदृष्टिले अशुभ छ । दक्षिण पूर्वी कोषको कोठाले तनाव दिन्छ । त्यसैले दक्षिण पश्चिम कोणमा बस्नुस्, समाज हाँक्ने शक्ति मिल्छ ।

Comments

comments